2005-08-08 - press release - NA२०६२-०४-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19473 अभिलेखालय सि. नं.: NCA-19473

आतंककारीहरुले गरेका ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही श्रावण २० गते रुकुम जिल्लाको छिवाङ्ग गा.बि.स.-३ निवासी धन बहादुर चन्दलाई अपहरण गरी सोही जिल्लाको नेप्टेकाँडा इलाकामा गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।

ज्यादती गर्ने क्रममा यही श्रावण २३ गते आतंककारीहरुको एक समूहले धनकुटा जिल्लाको गुराँसे इलाकाबाट खगेन्द्र दाहाल र हेम बहादुर दहाल नाम गरेका २ र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् । यसै गरी यही श्रावण १८ गते बाजुरा जिल्लाको धिमगाउँबाट समेत आतंककारीहरुले ३५ जना स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
08 August 2005