2005-08-08 - press release - NA२०६२-०४-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19471 अभिलेखालय सि. नं.: NCA-19471

आतंककारीहरुद्वारा कालीकोटको सडक निर्माण बेश क्याम्पमा आक्रमण

नेपाल अधिराज्यको विकट अञ्चल, कर्णाली अञ्चलमा विकाश पुर्‍याउने उद्देश्यकासाथ श्री ५ को सरकारको निर्ण्राअनुसार सुर्खेत-जुम्ला सडक निर्माणको लागि कालिकोट जिल्लाको पिली इलाकामा तैनाथ सुरक्षाफौजको अस्थायी बेशमाथि हिजो मिति २०६२ श्रावण २३ गते साँझ सवा ६ बजे आतंककारीहरुले आक्रमण गरेका छन् ।

आतंककारीहरुले गरेको आक्रमण पछिको भिडन्तमा छिटपुटरुपमा आज श्रावण २४ गतेको बिहान पौने ४ बजेसम्म जारिरहेको थियो । उक्त आक्रमणले कर्णालीबासीको ढिलै भए पनि आफ्नो अञ्चलमा विकास पुर्‍याई जीवनस्तर उकास्ने सपनालाई गम्भीर धक्का पुर्‍याएको छ ।

उक्त अस्थायी सुरक्षा बेशमा १०० जना भन्दा बढी गैर सैनिक स्थानीय कामदारहरु सडक निर्माण कार्यको लागि रहेका थिए ।

हालसम्म प्राप्त जानकारी अनुसार सो भिडन्तमा परी १ जनाले वीरगति प्राप्त गरेका छन् भने ३ जना सुरक्षाफौजका जवानहरु घाइते भएका छन् ।

उक्त इलाकामा थप फौज परिचालन भई सकेको छ । सो घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

RNA HQ
08 August 2005