Archive ref no: NCA-19467
शान्ति सेना टोली कङ्गो प्रस्थान
संयुक्त राष्ट्रसंघको आव्हानमा मध्य अप्रिकी राष्ट्र कंगो (MONUC Mission) मा शान्ति स्थापनार्थ जाने श्री नयाँगोरख गण (शान्ति सेना) चौँथो डफ्फाको अन्तिम टोली आज मिति २०६२ श्रावण २३ गते त्यर्सतर्फ प्रस्थान गर्यो । उक्त टोलीलाई आजै बिहान राष्ट्रिय सुरक्षा परिषदका सह-संयोजक उपरथी श्री कुल बहादुर खडकाले त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलमा हार्दिक बिदाई गर्नु भएको थियो ।
सेनानी श्री किशोर सिलवालको नेतृत्वमा कंगो गएको उक्त टोलीमा अधिकृत-८, पदिक-२१ तथा अन्य दर्जा-१५५ गरी जम्मा १८४ जना छन् ।
विदाइ समारोहमा अन्य रथीवृन्द तथा अधिकृतहरुको साथै शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति थियो ।
RNA HQ
07 August 2005