Archive ref no: NCA-19454
शान्ति सेना टोली कङ्गो प्रस्थान
संयुक्त राष्ट्रसंघको आव्हानमा मध्य अप्रिकी राष्ट्र कंगो (MONUC Mission) मा शान्ति स्थापनार्थ जाने श्री नयाँगोरख गण (शान्ति सेना) चौँथो डफ्फाको तेस्रो टोली आज मिति २०६२ श्रावण २२ गते बिहान त्यर्सतर्फ प्रस्थान गर्यो । उक्त टोलीलाई हिजो सम्भाररथी उपरथी श्री प्रकाश बहादुर बस्न्यातले त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलमा हार्दिक बिदाई गर्नु भएको थियो ।
सेनानी श्री प्रभुनाथ पन्तको नेतृत्वमा गएको उक्त टोलीमा अधिकृत-३, पदिक-३५ तथा अन्य दर्जा-१८७ गरी जम्मा २२५ जना छन् ।
विदाइ समारोहमा अन्य रथीवृन्द तथा अधिकृतहरुको साथै शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति थियो ।
RNA HQ
06 August 2005