2005-08-05 - press release - NA२०६२-०४-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19440 अभिलेखालय सि. नं.: NCA-19440

आतंककारीहरुले गरेका ज्यादती

निशस्त्र तथा निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो दानवीय प्रदर्शन गर्दै आएका आतंककारीहरुले विगतमा दार्चुला जिल्लाको ग्वानी इलाकाबाट अपहरण गरी लगेका एक शिक्षकको यहि श्रावण २० गते मृत्यु भएको छ । साथै मिति २०६२ श्रावण १९ गते आतंककारीहरुले डोटी जिल्लाको बाफककनी इलाकास्थित एक र्सवसाधारणको पसलमा पसी उक्त पसलबाट नगद तथा जिन्सी सामानहरु लुटपाट गर्नुको साथै पसलमा आगो लगाई दिएका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यही श्रावण १९ गते काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित खोपासी बजारमा मिर्ठाई पसल गरी बस्ने राजाराम शाह नाम गरेका व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् । यसै गरी सोही दिन आतंककारीहरुको एक समुहले डोटी जिल्लाको कालिकास्थान र दहकालिकास्थान इलाकाहरुबाट ४५ भन्दा बढी स्थानीय बासिन्दाहरु तथा यहि श्रावण १८ गते बाजुरा जिल्लाको रिला र मुना इलाकाका २० जना विद्यार्थीहरुलाई अपहरण गरेका छन् ।

RNA HQ
05 August 2005