Archive ref no: NCA-19438
शान्ति सेना टोली कङ्गो प्रस्थान
संयुक्त राष्ट्रसंघको आव्हानमा मध्य अप्रिकी राष्ट्र कंगो (MONUC Mission) मा शान्ति स्थापनार्थ जाने श्री नयाँगोरख गण (शान्ति सेना) चौँथो डफ्फाको दोश्रो टोली आज मिति २०६२ श्रावण २० गते त्यर्सतर्फ प्रस्थान गर्यो । उक्त टोलीलाई हिजो कार्यरथी उपरथी श्री प्रदिप प्रताप बम मल्लले त्रिभूवन अन्तरााट्रय बिमान स्थलमा हार्दिक बिदाई गर्नु भएको थियो ।
सेनानी श्री पूण वहादुर था.म.को नेतृत्वमा गएको उक्त टोलीमा अधिकृत-४, पदिक-२४ तथा अन्य दर्जा-१९२ गरी जम्मा २२० जना छन् ।
विदाइ समारोहमा अन्य रथीवृन्द तथा अधिकृतहरुको साथै शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति थियो ।
RNA HQ
04 August 2005