2005-08-04 - press release - NA२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19433 अभिलेखालय सि. नं.: NCA-19433

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष तथा निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण १८ गते बाजुरा जिल्लाको मानाकोट इलाकास्थित जहरे लुहारको घरमा पसी विभिन्न डर त्राश देखाई खाना बनाउन लगाउँदा निज लुहारले खाना बनाउनको लागि आवश्यक खाद्यान्न आफुसँग नभएकोले खाना खुवाउन नसक्ने जनाएको कारण आक्रोशित आतंककारीहरुको समुहले घरको ढोकामै बम बिष्फोट गराएका छन् । उक्त बम बिष्फोटबाट निज जहरे लोहारका ३ बषिर्या छोरा लोकेन्द्र लुहारको मृत्यु हुनुको साथै अन्य २ बालिकाहरु सख्त घाइते भएका छन् ।
यसै गरी यही श्रावण १७ गते राति आतंककारीहरुको एक समुहले बाँके जिल्लाको कम्दी इलाका निवासी माधवप्रसाद यादव नाम गरेका व्यक्तिलाई आफ्नो घरमा सुतिरहेको अवस्थामा अपहरण गरी भोलीपल्ट निजलाई हत्या गरी राप्ती नदीको किनारमा फाली दिएका छन् । साथै ओखलढंुगा जिल्लाको बरुणेश्वर इलाकामा समेत आतंककारीहरुले एक र्सवसाधारण व्यक्तिलाई विभत्स हत्या गरेका छन् ।
आतंक मच्चाउने क्रममा यही श्रावण १९ गते आतंककारीहरुले मकवानपुर जिल्लाको लिवाङ्ग इलाकाबाट १०० जना भन्दा वढी स्थानीय वासीन्दाहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन ।

RNA HQ
04 August 2005