2005-08-03 - press release - NA२०६२-०४-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19423 अभिलेखालय सि. नं.: NCA-19423

आतंककारीहरुले गरेका ज्यादती

विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण १८ गते पर्वत जिल्लाको खोलाखेत इलाका निवासी नारायण बहादुर कुंवरलाई खुकुरी प्रहार गरी सख्त र्घाईते बनाएका छन । घाइतेको हाल पर्वतस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । साथै यहि श्रावण १६ गते कोहलपुरबाट महेन्द्रनगरतर्फजाँदै गरेको एउटा गाडीलाई बर्दिया जिल्लाको बनइपुल इलाकामा आइपुग्दा आतंककारीहरुको एक समुहले जवरजस्ती रोकी उक्त गाडीमाथि ढुंगामुढा गर्दा सो गाडीमा यात्रा गरिरहेका ५ जना यात्रुहरु र्घाईते भएका छन ।

यसै गरी आतंककारीहरुले रौतहट जिल्लाको पौराही इलाका निवासी शिक्षक भुवन चौलागाई र एमाले कार्यकर्ता विष्णु प्रसाद उप्रेतीलाई यही श्रावण १८ गते तथा म्याग्दी जिल्लाको झिईलाकाबाट "मिलन म्याग्दी" नामक गैरसरकारी संस्थामा कार्यरत मिठ्ठु आचार्य, ववी कुमारी मल्ल र चुममाया छजाली नाम गरेका व्यक्तिहरुलाई यही श्रावण १६ गते अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन ।

RNA HQ
03 August 2005