2005-08-03 - press release - NA२०६२-०४-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19422 अभिलेखालय सि. नं.: NCA-19422

सुरक्षाफौजको कारवाहीमा २ (दुइ) आतंककारीको मृत्यु

मिति २०६२ श्रावण १८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीमा बझाङ्ग जिल्लाको भाँडेबगर इलाकामा १ तथा यही श्रावण १७ गते जाजरकोट जिल्लाको भेडेलेक इलाकामा आतंककारी समुहका कथित जनसरकार प्रमुख काली बहादुर वली "रमेश" उपनाम गरेका १ समेत गरी २ जना आतंककारी मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलहरुबाट डेटोनेटरहरु, पाइप बम तथा सकेट बमहरु, बिष्फोटक पदार्थ, बिद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, कम्ब्याट ड्रेसहरु एवं आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
03 August 2005