2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19414 अभिलेखालय सि. नं.: NCA-19414

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका ताप्लेजुङ्ग जिल्लाको सावा इलाका निवासी आतंककारी समूहका कथित वडा कमिटि सदस्य तेजबहादुर साव तथा कथित एरिया मिलिसिया अशोक सावले यही श्रावण १७ गते, सल्यान जिल्ला कालागाउं निवासी आतंककारी समुहका कथित डिष्ट्रीक्ट कमिटी मेम्बर भोजराज के.सी., सोही जिल्लाको झम्िपे इलाका निवासी कथित डिष्ट्रीक्ट कमिटी मेम्बर माधवप्रसाद वली, कथित डिष्ट्रीक्ट कमिटी मेम्बर दिपा वली, थारमारे इलाका निवासी कथित बटालियन सदस्य हेमराज पुन मगर "रमेश" तथा सुर्खेत जिल्ला कल्यान इलाका निवासी कथित सदस्य बमबहादुर राना "राजु" र ओमबादुर राना "बिशाल" उपनाम गरेका व्यक्तिहरुले यही श्रावण १६ गते आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा, यौन शोषण, बलात्कार, लुट जस्ता घृणित कुकृत्यहरुप्रति आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
02 August 2005