2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19411 अभिलेखालय सि. नं.: NCA-19411

आतंककारीहरुले गरेका ज्यादती

आज मिति २०६२ श्रावण १८ गते आतंककारीहरुले पाल्पा जिल्लाको सिर्द्धार्थ राजमार्गस्थित चर्चरे सडक खण्डमा ढुंगा तथा अन्य अवरोध खडा गरी यातायात आवागमन अवरुद्ध बनाएका छन ।

यही श्रावण १७ गते काभ्रेपलान्चोक जिल्लाको बनेपास्थित एक चिया पसलमा बसीरहेका आतंककारीको साथमा रहेको सकेट बम विष्फोटन हुँदा निज आतंककारी लगायत २ र्सवसाधारण व्यक्तिहरु र्घाईते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाण्डौं ल्याइएको छ ।

विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण १६ गते कैलाली जिल्लाको धनगढी नगरपालीकास्थित मनेहरा इलाकामा पसल गरी बस्ने नारायण लम्साल नाम गरेका एक र्सवसाधारणको घर भित्र जर्वजस्ती पसी निजलाई निर्घातकुटपित गरी निजकी श्रीमतीसँग भएको गरगहना, नगद एवं पसलमा भएको जिन्सी सामानहरु लुटेर लगेका छन । आतंककारीको कुटपिटबाट घाइते भएका निज लम्सालको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

ज्यादती गर्ने क्रममा यहि श्रावण १६ गते आतंककारीहरुको एक समूहले मकवानपुर जिल्लाको आग्रा इलाका निवासी भीमबहादुर गोले तथा गोगने इलाका निवासी काली ढकाल नाम गरेका र्सवसाधारण व्यक्तिहरुलाई कुटपिट गरी घाइते बनाएका छन् साथै सोही दिन आतंककारीहरुले बाग्लुङ्ग जिल्लाको दर्लिङ्ग र राजकुर्ट इलालकाबाट १०० जना भन्दा बढी स्थानीय युवाहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
02 August 2005