2005-07-31 - press release - NA२०६२-०४-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19395 अभिलेखालय सि. नं.: NCA-19395

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका डोटी जिल्ला, गिरीचौका गा.बि.स. २ निवासी आतंककारी समूहसँग आवद्ध कथित अ.ने.रा.स्व.वि.यु.क्रान्तिकारीका जिल्ला कमिटी सदस्य जय बहादुर थापा र सोही जिल्लाको जिजोडामाण्डौ गा.बि.स. निवासी राजु भट्टले आज श्रावण १६ गते, गोरखा जिल्ला धौखोला इलाका निवासी आतंककारी समुहसँग आवद्ध कथित किसान संगठन क्रान्तिकारी जिल्ला अध्यक्ष कृष्ण प्रसाद "तपसी" र कथित पूणाकालीन कार्यकर्ता रामेश्वर धरौली "रुद्र" उपनाम गरेका व्यक्तिहरुले यही श्रावण १५ गते तथा जुम्ला जिल्ला धापा गा.बि.स. ८ निवासी आतंककारी समुहका कथित एरिया कमिटी मेम्बर जंग सार्की "संजय" उपनाम गरेका व्यक्तिले यही श्रावण १४ गते आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापहरुबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी आत्मर्समर्पण गरेका छन ।

RNA HQ
31 July 2005