2005-07-31 - press release - NA२०६२-०४-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19394 अभिलेखालय सि. नं.: NCA-19394

बरामद

मिति २०६२ श्रावण १५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले बिगतमा र्सवसाधारण व्यक्तिहरुबाट लुटपाट गरी झापा जिल्लाको चिसापानी इलाकामा लुकाएर राखेको चामल-११ बोरा, दाल-१ बोरा, प्याज-१ बोरा, खाने तेल-२ कार्टुन गेडागुडी-१ बोरा, पेस्तोलको गोलीहरु एवं भारतीय रुपैयाँ १ हजार २० र नेपाली रुपैयाँ ७ हजार ४७ तथा कैलाली जिल्लाको बडैपुर्रर् इलाकाबाट मिति २०६२ श्रावण १४ गते आतंककारीहरुले नेपाल बिद्युत प्राधिकरणबाट लुटेको गाडी र ट्रान्सफरमर समेत सुरक्षाफौजले सोही दिन बरामद गरेको छ ।

यसैगरी गत श्रावण ११ गते कैलाली जिल्लाको थापापुर गा.बि.स.को कटानपुर हुँदै भजनी गा.बि.स.को कुसुमघाट इलाकामा अबैद्य तरिकाले लुकाई, छिपाई ल्याएको चामल-३५ क्वीन्टल, चीनि-४५ क्वीन्टल तथा २ बाकस श्रृंगारका सामानहरु समेत बरामद गरेको छ ।

RNA HQ
31 July 2005