2005-07-31 - press release - NA२०६२-०४-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19393 अभिलेखालय सि. नं.: NCA-19393

आतंककारीहरुले गरेका ज्यादती

विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले मिति २०६२ श्रावण १५ गते बुटवलको तिनाउ बगर इलाकामा रहेको रुपन्देही जिल्लास्थित जिल्ला विकास समितिको एउटा जीपलाई आगो लगाई ध्वस्त पारी दिएका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले मुगु जिल्लाको केरही इलाका निवासी कर्ण्र्ााहादुर थापा नाम गरेका एक व्यक्तिलाई विभिन्न डर त्रास देखाई २० हजार रुपैयाँ मागेकोमा निज थापाले उक्त रकम दिन नसक्ने जनाएको कारण निज लगायत निजका परिवारलाई गाउँबाट निकाली दिएका छन् । साथै यहि श्रावण १४ गते रामेछाप जिल्लाको तिल्पुङ्ग इलाका निवासी जितमान तामाङ्ग नाम गरेका एक स्थानीय व्यक्तिको घरमा आतंककारीहरुको एक समूह प्रवेश गरी निजको घरमा भएको भाँडाकुडा एवं लत्ताकपडाहरु लुटपाट गरी निजको घरमा ताला लगाई दिएका छन् ।

ज्यादती गर्ने क्रममा यही श्रावण १४ गते, कपिलबस्तु जिल्लाको महुवा इलाका निवासी कल्लु मुसलमान नाम गरेका व्यक्तिलाई तथा महेन्द्रनगरबाट नारायणगढतर्फआउने क्रममा रहेको एक यात्रुबाहक बसमा यात्रा गरिरहेका २ जना व्यक्तिहरुलाई कैलाली जिल्लाको बढैपुर इलाकामा आइपुग्दा आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
31 July 2005