2005-07-31 - press release - INSEC२०६२-०४-१६ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19387 अभिलेखालय सि. नं.: NCA-19387

प्रेस विज्ञप्ति

०६२ साउन १६ गते

प्रेस विज्ञप्ति

पत्रकार र मानवअधिकारकर्मीलाई धम्क्याउने कार्य बन्द गरियोस

आज अपरान्ह पौने ६ बजे नारायण नगरपालिका, दैलेख जिल्लास्थित शाही नेपाली सेनाको भवानी बक्स गणबाट आएका सुरक्षाकर्मीहरूले इन्सेक मानवअधिकार वर्षपुस्तक प्रतिनिधि नमनकुमार शाही र नेपाल समाचारपत्रका प्रतिनिधि कमल न्यौपानेलाई गिरफ्तार गरेको घटनाप्रति हाम्रो गंभीर ध्यानाकर्षा भएको छ।

गिरफ्तारी पछि नमन र कमललाई क्रमशः इन्सेक अनलाइन र नेपाल समाचारपत्रमा प्रकाशित सामग्रीको प्रतिलिपीमा दुईतर्फल्याप्चे लगाउन लगाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै रिहा गरिएको थियो। तर दुवैलाई भोलि पुनः बोलाइएको छ। दैलेखमा केही दिन यता पत्रकार र मानवअधिकारकर्मीलाई सुरक्षाकर्मीहरुले छापिएका सामग्रीका आधारमा धम्क्याउने क्रम जारी छ। कान्तिपुर प्रतिनिधि हरिहर सिंह राठौर र स्थानीय पत्रकार पुष्कर थापालाई पनि यसै गरी व्यारेकमा पुर्‍याइ धम्क्याइएको थियो। यो घटनाक्रमलाई हामीले मानवअधिकार रक्षकहरूलाई हतोत्साही तुल्याउने दुष्प्रयासका रुपमा ग्रहण गरेका छौं। हामी पत्रकार एवं मानवअधिकारकर्मीलाई धम्क्याउने र व्यावसायिक धर्म निर्वाह गर्नबाट रोक्ने कार्य तत्काल बन्द गर्न माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष