2005-07-30 - press release - NA२०६२-०४-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19385 अभिलेखालय सि. नं.: NCA-19385

घुम्ति शिविर सञ्चालन

श्री ५ नवयुवराजधिराज हृदयेन्द्र वीरविक्रम शाहदेव सरकारको शुभ-जन्मोत्सवको उपलक्ष्यमा सुदूर पश्चिम पृतनाबाट डोटी जिल्लाको भुमिराजमाण्डौं इलाकास्थित एक प्राथमिक विद्यालयको प्राङगणमा निर्मित खेलमैदानको एक समारोहका बीच उक्त पृतनाका पृतनापति उपरथी श्री राजेन्द्र थापाले उद्घाटन गर्नु भयो । उक्त विद्यालय हातामा नवनिर्मित सो खेलमैदानको भूइ तथा भित्ता प्लास्टर र अन्य पूवाधार थप्नको निमित्त सुदूर पश्चिम पृतनाबाट सहयोग स्वरुप रु. १० हजार समेत प्रदान गरिएको छ ।

हिजो मिति २०६२ श्रावण १४ गते सुरक्षाफौजको प्रत्यक्ष संलग्नतामा कंचनपुर जिल्लाको छेला इलाकामा स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई विभिन्न सेवा पुर्‍याउने उद्देश्यले संचालन गरिएको एक दिने घुम्ती सेवा शिविरबाट विरामी व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य उपचार, औषधी वितरण, खानेपानीको पाईप, जस्तापाता, पाल, खेलकूदका सामाग्री लगायत विभिन्न खाद्यान्न समेत वितरण गरिएको छ ।

RNA HQ
30 July 2005