Archive ref no: NCA-19378
आतंककारी गुट त्यागी पलायन
आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलहका कारण आपसी मतभेद भई पलायन हुने क्रममा यही श्रावण १० गते रोल्पा जिल्लाको जेलवाङ्ग इलाका निवासी आतंककारी समूहको कथित वृगेड सहायक कमिसार राजलाल वुढा तथा सोही जिल्लाको फगाम इलाका निवासी कथित गा.ज.स. प्रमुख "विदुर" उपनाम गरेका व्यक्तिहरुले आतंककारी समूह परित्याग गरी भारततर्फ लागेका छन् । साथै उल्लेखित राजलाल वुढा नाम गरेका आतंककारीले आफुसँग भएको एस.एम.जि.हतियार भविष्यमा काम नलाग्ने किसिमबाट विगारी खोलामा फालेको भन्ने समेत बुझिन आएको छ ।
RNA HQ
29 July 2005