2005-07-28 - press release - NA२०६२-०४-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19370 अभिलेखालय सि. नं.: NCA-19370

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएकी गोमतीदेवी बिष्टले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी सकेट बम तथा आतंककारी दस्तावेजहरु सहित यही श्रावण ११ गते अछाम जिल्लास्थित सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेकी छन् ।

यसैगरी आतंककारी गतिविधिमा संलग्न जुम्ला जिल्ला कुँडारी गा.बि.स. निवासी कथित एरिया कमिटी सदस्य लक्ष्मीवीर नेपाली "शुसिल" उपनाम गरेका ब्यक्तिले पनि उक्त गतिविधि परित्याग गरी यही श्रावण १० गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
28 July 2005