2005-07-28 - press release - NA२०६२-०४-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19368 अभिलेखालय सि. नं.: NCA-19368

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुको एक समुहले यही श्रावण ११ गते तनहुँ जिल्ला आबुखैरेनी इलाका निवासी कृष्ण देवकोटाको घरबाट ४ तोला सुन तथा नगद १० हजार ३ सय रुपैयाँ लुटेर लगेका छन् । साथै यही श्रावण १० गते आतंककारीहरुले डोटी जिल्लाको काँडामाण्डौ इलाकास्थित एक बिद्यालयमा बम विष्फोट गर्राई विद्यालयमा क्षति पुर्‍याएका छन । यसै गरी आतंककारीहरुको एक समुहले बाजुरा जिल्ला मौरे इलाकाका स्थानीय र्सवसाधारणहरुले प्रयोग गर्दै आएको स्याटलाईट फोन लुटेर लगेका छन ।

साथै मिति २०६२ श्रावण ११ गते कञ्चनपुर जिल्ला कृष्णपुर इलाका निवासी रमेशदत्त भट्ट, यहि श्रावण ९ गते काभ्रेपलाञ्चोक जिल्लाको सिसाखानी इलाका निवासी स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष सानाकान्छा तामाङ्ग, श्रावण ८ गते सोही जिल्ला परन्ठाना निवासी बिजया के.सी. र बसन्त के.सी., श्रावण ६ गते प्युठान जिल्ला दाखाक्वादी निवासी स्टार पौडेल तथा यहि श्रावण ५ गते नेपालगन्जबाट महेन्द्रनगर जांदै गरेको एक ट्रकका चालकलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
28 July 2005