2005-07-26 - press release - NA२०६२-०४-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19354 अभिलेखालय सि. नं.: NCA-19354

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ९ गते प्युठान जिल्लाको विजुवार इलाकाबाट बालाजु राजभण्डारी र महेन्द्र गुप्ता तथा यही श्रावण ७ गते तेह्रथुम जिल्ला जलजले इलाका निवासी दयाराम भट्टर्राई, मानकुमार श्रेष्ठ र सोही जिल्ला हमरजुङ्ग इलाका निवासी सुरेन्द्र अधिकारीलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुले यही श्रावण ९ गते मुगु जिल्लाको जि.बि.स. भवन नजिक २ वटा प्रेशर कुकर बम विष्फोट गर्राई उक्त भवनमा क्षती पुर्‍याएका छन् । यसै गरी आतंककारीहरुले डडेलधुरा जिल्लाको गोपघाटबाट दिपायलतर्फजाँदै गरेका गाडीहरुको साँचो खोसी चालकहरुलाई बिभिन्न धम्की दिनुको साथै दिपायलतर्फजाँदै गरेको एक यात्रुबाहक बसमा फायर समेत गरेका छन् ।

RNA HQ
26 July 2005