2005-07-26 - press release - NA२०६२-०४-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19353 अभिलेखालय सि. नं.: NCA-19353

स्थानीय वासिन्दाहरुद्वारा आतंककारी विरुद्ध प्रतिकार

मिति २०६२ श्रावण १० गते डोटी जिल्लाको कांडामाण्डौ इलाकाका निर्दोष तथा निहत्था र्सवसाधारणहरुमाथि ज्यादती मच्चाउने आतंककारी तथा स्थानीय बासिन्दाहरु बीच भिडन्त भएको छ । आतंककारीहरुको ज्यादतीपूण क्रियाकलापबाट बाध्य भई प्रतिकारमा उत्रिएका स्थानीय बासिन्दाहरुले ४ जना आतंककारीलाई पक्राउ गरी सुरक्षाफौज समक्ष बुझाएका छन । स्थानीय बासिन्दा तथा आतंककारीहरु बीच भएको उक्त झडपमा ११ जना र्सवसाधारण व्यक्तिहरु घाइते भएका छन् ।

यसै गरी आतंककारीहरुको ज्यादती सहन नसकी प्रतिकारमा उत्रिएका कञ्चनपुर जिल्लाको गौजी गा.वि.स.का बासिन्दाहरुले समेत २ जना आतंककारीहरुलाई हिजै पक्राउ गरेका छन् ।

RNA HQ
26 July 2005