2005-07-26 - press release - NA२०६२-०४-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19352 अभिलेखालय सि. नं.: NCA-19352

सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु

मिति २०६२ श्रावण १० गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान संखुवासभा जिल्लाको सिद्धकालीको जङ्गल इलाकामा गस्तिमा रहेको सुरक्षाफौजमाथि आक्रमण गर्ने शसस्त्र आतंककारी तथा सुरक्षाफौज बीच भएको मुढभेडमा सुरक्षाफौजको कारवाहीबाट कथित गा.ज.स. प्रमुख कुलप्रसाद ढकालको मृत्यु भएको छ । मृतकको साथबाट सुरक्षाफौजले बन्दुक नाल-१, सकेट बमहरु लगायत विविध बन्दोवस्तीका सामग्रीहरु बरामद गरेको छ ।

RNA HQ
26 July 2005