2005-07-25 - press release - INSEC२०६२-०४-१० - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19338 अभिलेखालय सि. नं.: NCA-19338

प्रेस विज्ञप्ति

०६२ साउन १० गते

प्रेस विज्ञप्ति

आजदेखि आम नागरिकको भद्र अवज्ञा आन्दोलनको शुरुवात लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन संयोजन समितिको आयोजनामा आज अपरान्ह काठमाडौंको भोटाहिटीमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप, धरपकड र लाठीचार्जको घटनाप्रति हामी कडा विरोध जनाउँछौं।

नेपाल अधिराज्यको संविधान २०४७ ले दिएको संगठित हुने, भेला हुने, आमसभा गर्नेजस्ता जनताका नैर्सर्गिक मौलिक हकविरुद्ध गएर, शान्तिपूर्ण जुलुशमा सहभागी भएको अवस्थामा गिरफ्तार गरिएका मानवअधिकारकर्मी, पत्रकारलगायत नागरिक समाजका सदस्यहरुको तत्काल रिहाइको माग गर्दछौं।

आजदेखि नेपालमा विधिवतरुपमा आम नागरिकको भद्र अवज्ञा आन्दोलनको प्रारम्भ भएको छ। यो क्रम नागरिक अधिकारहरु पूर्ण बहाली नभएसम्म जारी रहनेछ।

सुबोधराज प्याकुरेल
अध्यक्ष