2005-07-24 - press release - NA२०६२-०४-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19335 अभिलेखालय सि. नं.: NCA-19335

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ७ गते र्सलाही जिल्लाको सहोडवा इलाका निवासी वर्ष ६० का आधार ठाकुर नाम गरेका एक बृद्ध व्यक्तिलाई हत्या गरेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुले सिराहा जिल्ला जिरोमाइल इलाकाबाट उपेन्द्र कुमार यादव नाम गरेका १ र्सवसाधारण व्यक्तिलाई अपहरण गरी यही श्रावण ३ गते सोही जिल्लाको टोड्के इलाकामा लगी गोली हानी हत्या गरेका छन् ।

साथै आतंककारीहरुले बेवारीसे अवस्थामा छोडेको सकेट बम बिष्फोट हुँदा जाजरकोट जिल्ला खलंगा इलाकामा बाख्रा चराउन गएका दिप बहादुर पुन नाम गरेका १ स्थानीय व्यक्ति सख्त घाइते भएका छन् । निजलाई उपचार्रार्थ स्थानीय जिल्ला अस्पताल पुर्‍याइएको छ ।

मिति २०६२ श्रावण ६ गते राती आतंककारीहरुको एक समूहले कैलाली जिल्लाको हसुलीया बजारमा डेरा गरी बस्ने एक व्यक्तिको डेरामा पसी निजको कोठामा रहेको कागजपत्र, लत्ताकपडा तथा नगद रु. १० हजार लुट्नुको साथै बजार इलाकामा डेरा गरी बस्ने कृष्णा बगरिया नाम गरेकी एक महिलालाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
24 July 2005