2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19326 अभिलेखालय सि. नं.: NCA-19326

दाङ्गमा दोहोरो भिडन्त

मिति २०६२ श्रावण ७ गते दाङ्ग जिल्लाको गोलटाकुरी गा.बि.स.मा सशस्त्र आतंककारी र सुरक्षाफौज बीच मुठभेड हुँदा २ जना आतंककारीको लाश फेला परेको छ । घटनास्थलको प्रकृति र स्थानीय बासिन्दाको भनाई अनुसार ठूलो संख्यामा आतंककारीहरु हताहत भएको अनुमान गरिएकेा छ । सो घटनामा परि भागेका आतंककारीहरुलाई पछ्याउने क्रममा दाङ्ग जिल्लाको फूलबारी गा.बि.स.को साँजकुटे र सिमलकुटे भन्ने स्थानमा दोहोरो भिडन्त हुँदा थप २ जना आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलबाट पेस्तोल नाल-१, सोको गोलीहरु तथा आतंककारी सम्वन्धी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
23 July 2005