2005-07-18 - press release - NA२०६२-०४-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19296 अभिलेखालय सि. नं.: NCA-19296

आतंककारीहरुले गरेका ज्यादतीहरु

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुको एक समुहले यहि श्रावण २ गते भोजपुर जिल्लाको धापखर्क इलाकास्थित स्थानीय बासिन्दाहरुले दैनिक उपभोग गर्दै आएको खानेपानीको पाईप लाईन काटि दिएका छन । सोही दिन कास्की जिल्लाको कास्कीकोर्ट इलाकास्थित स्थानीय महिलाहरुद्वारा सञ्चालित जनजागरण महिला बहुउद्देश्य संस्थाबाट आतंककारीहरुले १ लाख ४२ हजार ४ सय रुपैयाँ लुटेर लगेका छन । यसै गरी गत आषाढ ३० गते सल्यान जिल्लाको निगालचुली निवासी एक स्थानीय व्यापारीबाट आतंककारीहरुले २ लाख ५० हजार चन्दा मागेकोमा निज व्यापारीले सो रकम दिन अर्समर्थता जनाएको कारण निज लगायत निजकी श्रीमती सहित २ नावालक छोराछोरीहरुलाई समेत घरबाट निकाली दिएका छन् ।

यसै गरी शंकाष्पद आतंककारीहरुको एक जत्थाले यहि श्रावण २ गते इलाम-विर्तामोड सडक खण्डमा चल्ने एक यात्रुवाहक बसलाई झापा जिल्लाको बुधवारेस्थित बर्नेचोक इलाकामा पुग्दा मट्टतिेल र्छर्किएर आगो लगाई दिएका छन् ।

RNA HQ
18 July 2005