2005-07-16 - press release - NA२०६२-०४-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19286 अभिलेखालय सि. नं.: NCA-19286

घुम्ती शिविर सञ्चालन

सुरक्षाफौजद्वारा र्सवसाधारण व्यक्तीहरुलाई विभिन्न किसिमका सेवा तथा सुविधा उपलव्ध गराउने उद्देश्यका साथ हिजो आषाढ ३१ गते मकवानपुर जिल्लाको बसामाडी इलाकामा संचालन गरिएको घुम्ती सेवा शिविरमा आएका पन्ध्र सय स्थानीय वासिन्दाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन । उक्त घुम्ती सेवा शिविरमा सुरक्षाफौजले स्थानीय क्लव तथा स्कुललाई खेलकुद सामाग्री तथा जिल्लाका विभिन्न सरकारी निकायहरुबाट छात्र-छात्राहरुलाई शैक्षिक सामाग्री बितरण, परिवार नियोजन क्याम्प संचालन, निःशुल्क स्वास्थ्य परिक्षण र औषधी बितरण, कृषि सम्बन्धी तालिम तथा बिउ विजन बितरण, नागरिकताको प्रमाण पत्रका साथै राहदानी बितरण गरिएको थियो ।

RNA HQ
16 July 2005