2005-07-14 - press release - NA२०६२-०३-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19270 अभिलेखालय सि. नं.: NCA-19270

खोटाङ्गमा घर तोडफोड गरेको भन्ने समाचारको वास्तविक विवरण

मिति २०६२ आषाढ २८ र २९ गते प्रकाशित केहि राष्ट्रिय दैनिक पत्रिकाहरुले शाही नेपाली सेनाद्वारा खोटाङ्गस्थित नेपाली का्ग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेको भन्ने सम्बन्धमा प्रकाशित कपोलकल्पित एवं भ्रामक समाचार प्रति सैनिक जनसर्म्पर्क निर्देशनालयको गम्भीर ध्यानाकर्षा भएको छ । सुरक्षाफौज र नेपालका जिम्मेवार राजनैतिक पार्टी बीच असमझदारी बढाउने कुउद्देश्यका साथ प्रकाशित भएको जस्तो देखिने सो समाचारको वास्तविक विवरण निम्न अनुसार भएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गर्राईन्छ ।

"विगतमा नेपाली कांग्रेसको कार्यालय रहेको उक्त भवन, नेपाली कांग्रेसले छाडेपछि जिल्ला शिक्षा कार्यालयले भाडामा लिई बसेको तथा उक्त भवनमा मर्मत संभार गर्न आवश्यक हुने देखिएकोले जिल्ला विकास समितिको बजेटबाट मर्मत सम्भार गरी फेन्सिङ्ग आदि लगाइएको । सो भवनलाई मिति २०६२ आषाढ ५ गते आतंककारीहरुले बम बिष्फोट गर्राई ध्वस्त बनाए पछि जिल्ला शिक्षा कार्यालय समेत त्यहाँबाट हटेको हुँदा सरकारी बजेटबाट बनाइएका सामानहरु बेवारिशे अवस्थामा रहेको तथा बेवारिशे अवस्थामा उक्त सामानहरु रहि रहँदा नाशिने तथा ब्रिगने समेत सम्भावनालाई महशुस गरी जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र स्थानीय सुरक्षाफौज बीच आपसी समन्वय भई आवश्यक परेको समयमा सो सामानहरु जिल्ला विकास समिति वा जिल्ला शिक्षा कार्यालयलाई नै फिर्ता बुझाउने गरी स्थानीय सुरक्षा वेशमा पुन प्रयोगको लागि ल्याइएको हो ।"

RNA HQ
14 July 2005