2005-07-12 - press release - NA२०६२-०३-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19250 अभिलेखालय सि. नं.: NCA-19250

धनकुटामा २ आतंककारीको मृत्यु

आज मिति २०६२ आषाढ २८ गते धनकुटा जिल्लाको सदरमुकाम इलाकामा सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने आतंककारी तथा सुरक्षाफौज बीच भएको भिडन्तको क्रममा सुरक्षाफौजको कारवाहीबाट २ जना आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले मृतकहरुको साथबाट चाईनीज पेस्तोल-१, सो को गोलीहरु तथा बिष्फोटक पदार्थ बरामद गरिएको छ ।

RNA HQ
12 July 2005