2005-07-10 - press release - NA२०६२-०३-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19228 अभिलेखालय सि. नं.: NCA-19228

घुम्ति शिविर सञ्चालन

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा सुरक्षाफौजले मिति २०६२ आषाढ २५ गते धादिङ्ग जिल्लाको बैरेनी तथा यही आषाढ २४ गते रामेछाप जिल्लाको गौरीशंकर स्कुल हातामा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय बिरामीहरुको स्वास्थ्य परिक्षण एवं निःशुल्क औषधि वितरण गरेको छ । उक्त शिविरहरुबाट स्थानीय ९६६ जना व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।

RNA HQ
10 July 2005