2005-07-08 - press release - NA२०६२-०३-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19214 अभिलेखालय सि. नं.: NCA-19214

बरामद

मिति २०६२ आषाढ २२ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा कपिलबस्तु जिल्लाको भित्रिया इलाकामा आतंककारीहरुले लुकाएर राखेका सकेट बमहरु, र्साईकल-५, विद्युतिय धराप संचालनमा प्रयोग हुने उपकरणहरु, विभिन्न किसिमका भाडाकुँडाहरु तथा कालिकोट जिल्लाको भैसाखेलर् इलाकाबाट पाईप बम, सकेट बमहरु तथा डेटोनेटर एवं बांके जिल्लाको कुसुमर् इलाकाबाट बन्दुक नाल-२ बरामद गरेको छ ।

यसै गरी यही आषाढ २१ गते रौतहट जिल्लाको हथियाही इलाकाबाट सकेट बम गोटा-२३, माइन बिष्फोटन गराउने डिभाइस, बिभिन्न हतियारका पार्टपुजाहर तथा आतंककारीहरुले प्रयोग गर्ने झोलाहरु समेत बरामद गरेको छ ।

मिति २०६२ आषाढ २३ गते बारा जिल्लास्थित नेपाल भारत सिमा इलाकाबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको १० बोरा रासायनिक मल तथा र्साईकल २ समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
08 July 2005