2005-07-08 - press release - NA२०६२-०३-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19212 अभिलेखालय सि. नं.: NCA-19212

आर्थिक सहयोग प्रदान

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा डोटी जिल्ला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा स्थानीय बासिन्दाहरुद्वारा निर्माण गर्न लागेको १४ कि.मि. झिग्राना-बगलेक-शान्तिनगर सडकको, सुदूर पश्चिम पृतनाका पृतनापति उपरथी श्री राजेन्द्र थापाले मिति २०६२ आषाढ २३ गते एक कार्यक्रमका बीच शिलन्यास गर्नु हुँदै सहयोग स्वरुप रु.१० हजार समेत प्रदान गर्नु भयो । साथै सोही दिन उपरथी श्री थापाले डोटीको सिलगढीमा आयोजित कार्यक्रममा स्थानीय ८ वटा स्कुलहरुलाई खेल मैदान निर्माण, कक्षा कोठा मर्मत तथा फर्निचर एवं विभिन्न पुस्तक खरिद वापत रु.१० हजारका दरले रकम वितरण गर्नु भएको छ ।

RNA HQ
08 July 2005