2005-07-06 - press release - CPN-M२०६२-०३-२२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-19201 अभिलेखालय सि. नं.: NCA-19201

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन

प्रेस वक्तव्य

गत असार १७ गते शुक्रबार बर्दियाको गुलरियामा घटेको घटनाबारे हाम्रो ध्यान आकर्षित हुन गई सो सम्बन्धमा अनुसन्धान गर्दा तीन जना निर्दाेष व्यक्तिहरुको मृत्यु भएको स्पष्ट भयो। बर्दियामा कार्यरत जनमुक्ति सेनाको अरवान टिमका कमाण्डर क.आशिषको कमाण्डमा क.अमृत, क.किसानद्वारा सिविलमा पेस्तोलसहित कोठिया गाउरुमा आएका दुई जना कथित सुरक्षाकर्मीलाई टार्गेट गरी फायर गर्दा गलत निशाना परी पशु चिकित्सक श्री जनार्दन आचार्यलगायत तीन जनाको मृत्यु हुन गएकाले कारवाहीमा संलग्न जनसेनाहरु कम्पनी कमाण्डर क.आषिश, कम्पनी सहायक कमाण्डर क.अमृत, प्लाटुन सहायक कमाण्डर क.किसानलाई जनमुक्ति सेनाबाट निष्काशन गरी कारवाही अगाडि बढाइएको कुरा जानकारी गराउन चाहन्छौं। त्यस्ता घटनामा हाम्रो टिमको तर्फबाट हुन गएको गम्भीर कमजोरीप्रति आत्मालोचना गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दछौं। पार्टी नीति विपरीत हुने कुनै पनि कामरुकारवाहीलाई निरुत्साहित गर्न दोषीउपर कडाभन्दा कडा कारवाही गर्ने कुरा सबैमा स्पष्ट गर्न चाहन्छौं।

कैलालीको खनभेडामा छ जनाको हत्या सम्बन्धमा हाम्रो संलग्नता नरहेको र हामीलाई बदनाम गर्न गरिएको प्रचारको खण्डन गरिसकिएको स्थितिमा कतिपय राजनीतिक पार्टी, संचारमाध्यम तथा मानव अधिकारवादीहरुले हाम्रो नाम जोडिरहेकोमा त्यसप्रति आपत्ति प्रकट गर्दछौं। यसबारे सत्यरुतथ्य पत्ता लगाउन अनुसन्धानका लागि पूर्ण सहयोग रहने कुरा स्पष्ट गर्दछौं।

२०६२, असार २२ गते

प्रभाकर
कमाण्डर
पश्चिम डिभिजन
जनमुक्ति सेना, नेपाल
ने.क.पा(माओवादी)