2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19184 अभिलेखालय सि. नं.: NCA-19184

क्यान्सर रोग परिचयात्मक कार्यक्रम सम्पन्न

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको उपलक्ष्यमा सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) र नेपाल अर्वुद रोग, निवारण संस्थाको संयुक्त आयोजनामा आज मिति २०६२ आषाढ २० गते "समयमै थाहा पाए क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि बँच्न सकिन्छ" भन्ने जन चेतनामूलक कार्यक्रम सम्पन्न भयो ।

शाही नेपाली जंगी अड्डा परिसरस्थित सभामण्डपमा आयोजित कार्यक्रममा शाही नेपाली सेनाका सकल दर्जा, तिनका परिवार, आश्रति परिवार, विजेश्वरी निम्न माध्यामिक विद्यालयका छात्राहरु लगायत हाल शाही नेपाली सेनाद्वारा सञ्चालित सीपमूलक तालिममा सहभागी वीरगति प्राप्त सैनिकका पत्नीहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाको केन्द्रिय अध्यक्ष श्री दिवाकरराज राजभण्डारी लगायत वरिष्ठ बिशेषज्ञ तथा डाक्टरहरुले सो समारोहमा क्यान्सर रोगका सम्बन्धमा विभिन्न परामर्श एवं चेतनामूलक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अन्त्यमा श्री सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) की अध्यक्ष श्रीमती कमला थापाले नेपाल अर्वुद रोग निवारण संस्थान जस्तो ज्यादै अनुभवी र दक्ष विशेषज्ञहरु सहितको सेवामूलक एवं प्रतिष्ठित संस्थाको सहयोगमा क्यान्सर रोग सम्बन्धी महत्वपर्ुण्ा एवं समसामयिक बिषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोमा सहभागी सम्पूण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त समारोहको समापन गर्नु भएको थियो ।

RNA HQ
04 July 2005