2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19181 अभिलेखालय सि. नं.: NCA-19181

शाही नेपाली सेनाका राजेन्द्र भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित

देशको गौरव बढाउन उत्कृष्ट भूमिका खेल्दै आएको शाही नेपाली सेनाका जमदार राजेन्द्र भण्डारी यस बर्षा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा खेलकुद पत्रकार दिवश मनाउने सिलसिलामा यही मिति २०६२ आषाढ १८ गते नेपालको राष्ट्रिय तथा अन्तर्रर्ाा्रय स्तरका खेलाडीहरु मध्ये भण्डारीलाई २०६१ सालको बर्षभरीको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो । एथेन्स ओलम्पिक पांच हजार मिटरमा १४:०४:८९ को नयां दक्षिण एशियाली किर्तिमान कायम गरेका थिए भने सिंगापुरमा भएको अलस्टार च्याम्पियनशिपमा स्वर्ण्र्पादक जितेका छन् । खेल जीवनमा थुप्रै सम्मान र पुरस्कारले देशको गरिमा बढाएका भण्डारीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लगातार २०६० र २०६१ सालको राष्ट्रको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको छ ।

RNA HQ
04 July 2005