2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19178 अभिलेखालय सि. नं.: NCA-19178

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका धादिङ्ग जिल्ला जोगीमारार् इलाका निवासी आतंककारी समुहका कथित कार्यकर्ता गौतम घले, कृष्ण परियार र रुदन चौलागाई र बारा जिल्ला लक्ष्मीपुर कोतवाली निवासी कथित सदस्य रामनाथले यहि आषाढ १९ गते, जुम्ला जिल्ला पटमारा गा.वि.स.निवासी कल्पना बुढा "करुण"ले यही आषाढ १८ गते, दार्चुला जिल्ला शिखर इलाका निवासी अशोक खडायत "अविनाश"ले यही आषाढ १७ गते, डडेल्धुरा जिल्ला शिर्षईलाका निवासी खड्ग रायले बन्दुक नाल-१ सहित यही आषाढ १५ गते आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भई विगतमा आफुहरुले गरेको आतंककारी क्रियाकलापप्रति पश्चाताप गर्दै सो समुहमा परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
04 July 2005