Archive ref no: NCA-19130
निष्कृय
मिति २०६२ आषाढ ११ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान बाँके जिल्लाको कोहलपुरदेखि रम्भापुर सडक खण्डमा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको सकेट बम-२८०, टु इन्च मोर्टरको एचई बम(३, गृनेड-५ इम्प्रोभाइज तारपिडो-३, इम्प्रोभाईज्ड डाइरेक्सनल माइन-१ तथा कैलाली जिल्लाको धनगढी स्थित मिलनचोक इलाकामा आतंककारीहरुले राखेको एक बमलाई समेत सुरक्षाफौजले निष्कृय पारेको छ ।
यसै गरी आतंककारीहरुले विगतमा कञ्चनपुर जिल्लाको लालपुरस्थित एक व्यक्तिबाट लुटेर विभिन्न बिष्फोटक पदार्थहरु ओसार-पसार गर्न प्रयोग गर्दै आएको एउटा बसलाई सुरक्षाफौजले नियन्त्रणमा लिई सो बसमा राखिएको आईर्.इ.डि.हरुका साथै १० के.जि.को प्रेसर कुकर बम समेत सुरक्षितसाथ निष्कृय पारेको छ ।
RNA HQ
26 June 2005