2005-06-26 - press release - NA२०६२-०३-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19128 अभिलेखालय सि. नं.: NCA-19128

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले कन्चनपुर जिल्लाको बेलडाँडी इलाकाबाट २५० जना स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई यही आषाढ ९ गते अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् । यसैगरी गुल्मी जिल्लाको पौदी अमर्राई स्थित नेपाल राष्ट्रिय मा.वि.को कक्षा ९ र १० मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई यही ८ गते अपहरण गरी दर्लिर्ङ्गर् इलाकातर्फलगेको भन्ने बुझिएको छ । ज्यादती गर्ने क्रममा आतंककारीहरुको एक समुहले यही १० गते सर्ुर्खेत जिल्लाको खजुरास्थित गाउँशहर बहुउद्देश्य सहकारी संस्था र युनाइटेडनेशन सुन्दर नेपाल संचार कार्यालयमा आगजनी गरी कार्यालयमा भएको कम्प्युटर-२, टेवल, कुर्सी ,स्टिल/काठको दराज, विभिन्न कागजपत्रहरु नष्ट गराएका छन् ।

आतंककारीहरुले बर्दिया जिल्लाको मैनापोखरीयाबाट व्याकवार्ड गैर सरकारी संस्था अन्तरगत व्याकवार्ड सोसाइटी एजुकेशन अन्तरगत एजुकेशन फर प्रिडम कार्यक्रम अन्तरगतका विद्यालयहरुमा वितरण गर्न ल्याएको ४३० मिटर कार्पेट यही ९ गते लुटेर लगेका छन् । यसैगरी आषाढ १० गते सोही जिल्लाको सुनैया चितकैया सडक छेउमा आतंककारीहरुले रुखहरु ढाली ठाउँ ठाउँमा सडक अवरुद्ध गर्नुको साथै १०/१५ वटा विजुलीका पोलहरु ढाली विजुली बत्ति अवरुद्ध बनाई र्सवसाधारण स्थानीय बासिन्दाहरुलाई विजुली बत्ति बाल्नबाट बञ्चित तुल्याएका छन् ।

RNA HQ
26 June 2005