2005-06-25 - press release - NA२०६२-०३-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19124 अभिलेखालय सि. नं.: NCA-19124

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका रुकुम जिल्लाको कोटजहारी इलाका निवासी प्रेम बुढाथोकी "प्रकाश" उपनाम गरेका व्यक्तिले यही आषाढ ९ गते जाजरकोटस्थित जिल्ला प्रशासन कार्यालयमा तथा आषाढ ८ गते दैलेख जिल्लाको तोली इलाका निवासी कथित किसान संघका अध्यक्ष ठगिराम जैसी, सोही जिल्ला बालुवाटार निवासी कथित छापामार देवी शाही तथा जगन्नाथ इलाका निवासी कथित वडा प्रमुख गोपाल रोकाय र कथित वडा सदस्य भिम बहादुर थापा नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको ज्यादतीपूण् क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
25 June 2005