2005-06-25 - press release - NA२०६२-०३-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19121 अभिलेखालय सि. नं.: NCA-19121

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ५ आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा झापा जिल्लाको शरणामतिर् इलाकामा सुरक्षाफौजको कारवाहीबाट आज आषाढ ११ गते १ जना शंकाष्पद आतंककारीको मृत्यु भएको तथा हिजो आषाढ १० गते मोरङ्ग जिल्लाको मझारे इलाकामा आतंककारी समुहका कथित एरिया कमिटी मेम्वर जय प्रकाश महत "खिलानन्द" उपनाम गरेका आतंककारीहरुको मृत्यु भएको छ । सुरक्षाफौजले मृतकहरुको साथबाट पेस्तोल नाल-१, सोको गोलीहरु, सकेट बम तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

मिति २०६२ आषाढ १० गते भोजपुर जिल्लाको पानधारे इलाकामा सशस्त्र आतंककारी तथा गस्तिमा रहेको सुरक्षाफौज बीच भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको कारवाहीबाट ३ जना आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
25 June 2005