Archive ref no: NCA-20968
जिल्ला जनपरिषद (जनसरकार)
बाँके
प्रेस वक्तव्य
नेपाली राष्ट्र र जनतामाथि हस्तक्षेप र उत्पीडन मच्चाउँदै आएको भारतीय विस्तारवादले बर्दियाको जमुनाह हुँदै बाँके जिल्लाको लक्ष्मणपुरमा पनि जघन्य आततायीपूर्ण व्यवहार दोहोर््याउन पुगेको छ। सो गा.ज.स.को वडा नं.२ र ७ मा यही असार ४ र ५ गते भारतीय सुरक्षाफौज एसएसबीको सहयोगमा करीव चार सयको संख्यामा आएका गुण्डाहरुले दिनदहाडै हतियारसहित सम्पूर्ण गाउँलाई नै घेरा हाली सोझासिधा मधेशी समुदायमाथि कुटपिट गरी पैसा, गरगहना, भाँडावर्तन लुट्ने र महिलाहरुमाथि अभद्र व्यवहार गरी लत्ताकपडा, खाद्यान्नका साथै घरहरुमा आगजनी गरेर गाउँलाई खरानीमा परिणत गरेका छन्।
सो क्रममा पाँच जना गम्भीर घाइते हुनपुगेका छन् भने ५० औ जना अंगभंग हुनपुगेका छन्। मायाप्रसाद भुजुवा, जानकीप्रसाद यादव, नक्के वानिया, छोटे पण्डित, विकाउ मौर्य, छोटे यादव, मोहन चमार, रामसमुज गुप्ता, ओमकार गुप्ता, हरीराम कारी, रामफेरन गुप्ता, रामसुरत लगायत सबैभन्दा नराम्रोसँग घाइते बनाइएका छन्।
मुख्यत भारतीय वन तस्करहरुले जनताको सुरक्षामा संरक्षण गरिएको वनबाट काठ तस्करी गर्ने र त्यसको विरोध गर्दा उल्टो कुटपिट गर्दै आएको अवस्थामा जनताबाट निर्मित सुरक्षा समितिबाट त्यस्तो अवैध र हस्तक्षेपकारी कार्य रोक्न सफल भैरहेको थियो। तर २५ पं्रतिशत भू–भागमा खुम्चिन पुगेको पुरानो प्रतिक्रियावादी सत्ताको राज्यआतंक एवम् भारतीय विस्तारवादी रवैयाले जनतामाथि बर्बर आतंक हुनपुगेको छ।
हामी उक्त बर्बर आतंकको घोर भत्र्सना गर्दै पीडित परिवारपं्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै राष्ट्रियताको संरक्षण र जनताको राष्टवादी भावनाप्रति सम्मान गर्दै घटनाको उचित छानविनसहित दोषीमाथि कडा कारवाहीका लागि हामी सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ÷संस्था, पत्रकार, नागरिक समाजमा हार्दिक अपील गर्दछौं।
०६२ आषाढ १२ गते
पूर्णा सुवेदी
प्रमुख
जिल्ला जनपरिषद (जनसरकार), बाँके