2005-06-24 - press release - NA२०६२-०३-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19116 अभिलेखालय सि. नं.: NCA-19116

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका रौतहट जिल्लाको राजपुर्र इलाका निवासी शिख मौजार अला नाम गरेका व्यक्तिले कटुवा पेस्तोल तथा सो को गोलीहरु सहित, संखुवासभा जिल्ला सिसुवा निवासी आतंककारी समुहका कथित मिलिसिया मिङ्गमा शेपाले दियो बम-२ सहित, जुम्ला जिल्ला डिल्लीचौर निवासी टक बहादुर बुढा र सोही जिल्ला महल निवासी बल बहादुर रावल, धादिङ्ग जिल्ला जोगिमारा निवासी धन बहादुर परियार, तेह्रथुम जिल्लाका कथित अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का जिल्ला कमिटी सदस्य रत्न बहादुर कार्की "रमेश", बांके जिल्ला कथित मधेसी मुक्ति मोर्चा जिल्ला सदस्यहरु नन्के केवट र मुन्ना चाई तथा दैलेख जिल्ला लाकुरी निवासी इलाका निवासी कथित वडा प्रमुख हिक्मत बहादुर वली नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको ज्यादतीपूण् क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी विभिन्न मितिमा स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
24 June 2005