2005-06-24 - press release - NA२०६२-०३-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19114 अभिलेखालय सि. नं.: NCA-19114

लुटेरा पक्राउ

सुरक्षाफौजको नाममा र्सवसाधारणलाई बलजफ्ती लुटपाट गर्दै हिड्ने चितवन जिल्लाको मुग्लिनबजार्र इलाका निवासी टेकबहादुर मगर, लिलामनी रा.म., भरत रा.म. र शिव लामिछाने तथा बुटवल नयाँसुकुम्वासी बस्ती निवासी साहिँला मगर नाम गरेका ४ जना लुटेराहरुलाई यही आषाढ ७ गते सुरक्षाफौजले चितवन जिल्लाबाट पक्राउ गरेको छ । सुरक्षाफौजले निजहरुको साथबाट बन्दुक नाल-१, टेलिस्कोप सहितको टुटु र्राईफल नाल-१, सो को गोलीहरु, बिष्फोटक पदार्थ २०० ग्राम, नक्कली पेस्तोल-१, नगद ३ लाख ९३ हजार १ सय २० रुपैंया तथा सुनका गरगहना समेत बरामद गरेको छ । निजहरुको वयानका आधारमा सुरक्षाफौजले अरुण खोला इलाकास्थित पुल नजिकबाट विभिन्न हतियारका गोलीहरु, विष्फोटक पदार्थहरु, मोटोरोला सेट-१, कर्डलेस टेलिफोन सेट-२ तथा मोवाईल फोन सेट-१ समेत बरामद गरेको छ ।

RNA HQ
24 June 2005