2005-06-22 - press release - NA२०६२-०३-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19107 अभिलेखालय सि. नं.: NCA-19107

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला वड्को गा.वि.स. निवासी आतंककारी समुहका कथित एरिया कमिटी मेम्वर भिम बहादुर रोकाय "देपपरेक" तथा बैतडी जिल्ला सित्तड निवासी आतंककारी समुहसँग आवद्ध अ.ने.म.संघ -क्रान्तिकारी) की कथित अध्यक्ष गोमती जोशी "शर्मिला" ले यही आषाढ ७ गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

विगतमा आतंककारीहरुले वलजफ्ती आफ्नो कथित पार्टी संलग्न गराइएका ओखलढुङ्गा जिल्लाको खिजिफलाटे, पकनी तथा खिजीकाती गा.बि.स.हरुमा बसोबास गर्दै आएका ३६ जना व्यक्तिहरुले आतंककारीहरुको ज्यादतीपूण् क्रियाकलापमा आफूहरु कहिल्यै संलग्न नहुने र र्सवसाधारण नागरिक सो-सरह जीवन यापन गर्ने प्रण गर्दै मिति २०६२ जेष्ठ २२ गते देखि २९ गतेसम्म सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् । स्मरण रहोस् यस अघि सोही जिल्लाको विभिन्न गा.वि.स.मा बसोवास गर्दै आएका तथा आतंककारीहरुद्वारा बलजफ्ती आफ्नो गतिविधिमा लाग्न बाध्य गराइएका २८० जना व्यक्तिहरुले सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरी सकेका छन् ।

RNA HQ
22 June 2005