2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19096 अभिलेखालय सि. नं.: NCA-19096

सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मिति २०६२ आषाढ ५ गते सुनसरी जिल्लाको प्रकाशपुर्र इलाकामा सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने आतंककारीबिरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट कथित एरिया सेक्रेटरी "सौरभ" उपनाम गरेका १ आतंककारीको मृत्यु भएको छ । मृतकको साथबाट सुरक्षाफौजले सकेट बमहरु, पेस्तोलका पार्टपुजाहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
21 June 2005