2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19090 अभिलेखालय सि. नं.: NCA-19090

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले हिजो आषाढ ५ गते बाँके जिल्लाको नेपालगञ्जस्थित नेपाल बिद्युत प्राधिकरण हाताबाट लुटेर लगेको गाडी तथा र्सट गन हतियार नाल १ सोही जिल्लाको शाहीगाउं इलाकाबाट (लुटपाट कार्यमा प्रत्यक्ष संलग्न एक आतंककारीलाई समेत) सुरक्षाफौजले गिरफ्तार गरेको छ ।

यसै गरी यही आषाढ ५ गते र्सलाही जिल्लाको धनकौल इलाकामा आतंककारीहरुले लुकाई राखेको पेस्तोल नाल-१, सोको गोलीहरु, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने विविध उपकरणहरु, नवलपरासी जिल्लाको जोर्गास्थित पुलमा राखेको १५ के.जि.को बाल्टीन बम, पाल्पा जिल्लाको गोठाली इलाकाबाट ३० के.जि.को ४० बोरा चामल र मोटरर्साईकल-१ तथा सल्यान जिल्लाको थारमारर्ेर् इलाकास्थित आतंककारी समुहको कथित सहकारी पसलबाट सकेट बमहरु, खाद्यान्न सामग्रीहरु, ठूलो मात्रामा स्टेशनरी एवं फेन्सीका सामानहरु, आतंककारी दस्तावेज, यही आषाढ ४ गते काभे्रपलान्चोक जिल्लाको ताराखसे ताल जंगल इलाकाबाट सकेट बमहरु, सोही जिल्ला फलामसांगे इलाकाबाट १३ बोरा चामल समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
20 June 2005