2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19089 अभिलेखालय सि. नं.: NCA-19089

सुरक्षाफौजको कारवाहीमा ३ आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो मिति २०६२ आषाढ ५ गते सुरक्षाफौजको कारवाहीबाट कपिलवस्तु जिल्लाको विसहवा इलाकामा ललन शुक्ला नाम गरेका १ जना, यही आषाढ ४ गते नुवाकोट जिल्लाको भाल्चे इलाकामा राजकुमार भण्डारी "आविष्कार" तथा आषाढ २ गते धनुषा जिल्लाको ठेराकचुरी इलाकामा बिसुन यादव नाम गरेका १ समेत गरी जम्मा ३ जना आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-२, सो को गोलीहरु,सुतली बम विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु, विष्फोटक पदार्थ, बन्दोवस्तिका सामानहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
20 June 2005