2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19084 अभिलेखालय सि. नं.: NCA-19084

सुशोभन समारोह सम्पन्न

श्री ५ महाराजाधिराज सरकारबाट असीम निगाह बक्स भएको परदेश सेवा पदक, परदेश सेवा पदकको खुकुरी तथा नगद पुरस्कार, संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSTAH (United Nation Stabilization Mission in Haiti) हाइटीमा खट्टइ सफलतापुवक कार्य सम्पादन गरी आज आषाढ ६ गते स्वदेश फिर्ता भएको श्री भवानीबक्स गण -शान्ति सेना) पहिलो डफ्फाको दोश्रो टोलीका सकल दर्जाहरुलाई उपत्यका पृतनापति उपरथी श्री दिलीप कार्कीले आजै श्री त्रिभूवन अन्तर्रर्ट्रय विमानस्थलको भि.भि.आई.पि.लाउञ्जमा आयोजित सुशोभन समारोहमा उक्त पदक तथा नगद पुरस्कार प्रदान गर्नुर् भयो । सेनानी श्री अरुण विक्रम थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको उक्त टोलीमा अधिकृत-६, पदिक-२० तथा अन्यदर्जा-१९७ गरी जम्मा २२३ जना सम्मिलित रहेका छन् ।

उक्त सुशोभन समारोहमा अन्य रथीबृन्द तथा सेनानी समूहको समेत उपस्थिती रहेको थियो ।

RNA HQ
20 June 2005