2005-06-19 - press release - NA२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19081 अभिलेखालय सि. नं.: NCA-19081

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा यहि आषाढ २ गते सर्ुर्खेत जिल्लाको तोरिबारी इलाकामा आतंककारीहरुले लुकाईराखेको पाईप बम-२, डेटोनेटर-४०, सकेट बम-१६, बिजुलीको तार-२०० मिटर, नेपोलाईट-१२ के.जि, विभिन्न हतियारका गोलीहरु एवं विष्फोटक पर्दाथहरु, कम्व्याट ड्रेसहरु लगायत विविध बन्दोवस्तिका सामानहरु बरामद गरेको छ ।

यसै गरी यही आषाढ ३ गते सुरक्षाफौजले नवलपरासी जिल्लाको हरपुर्र इलाकामा भारतबाट भन्सार छली नेपालतर्फअवैद्य तरीकाले ल्याएको ५० के.जि.को चामल ९५ बोरा तथा ५० के.जि.को युरिया मल २४४ बोरा बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । साथै यही आषाढ ४ गते कन्चनपुर जिल्ला चन्दे्रहवार् इलाकामा काठ चोरी निकासी गरिरहेको अवस्थामा ६२ जना काठ तस्करहरु सहित काठ लोड गरेको ३६ वटा गाडाहरुलाई सुरक्षाफौजले नियन्त्रणमा लिई स्थानीय निकुन्जमा बुझाउने कारवाही गरिरहेको छ ।

RNA HQ
19 June 2005