2005-06-18 - press release - NA२०६२-०३-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19078 अभिलेखालय सि. नं.: NCA-19078

शान्ति सेना टोली हाइटी प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा हाइटी MINUSTAH (United Nation Stabilization Mission in Haiti) मा शान्ति स्थापनार्थ जाने श्री सबुज गण शान्ति सेना) दोस्रो डफ्फाको दोश्रो टोली हिजो त्यर्सतर्फ प्रस्थान गर्‍यो । हिजै उक्त टोलीहरुलाई गौचरस्थित व्यारेकमा कार्यरथी उपरथी श्री प्रदिप प्रताप बम मल्लले एक समारोहका बीच हार्दिक विदाई गर्नु भयो ।

सेनानी श्री सोभित बहादुर अधिकारीको नेतृत्वमा हाईटी गएको उक्त टोलीमा अधिकृत-५, पदिक-२३ तथा अन्य दर्जा-१४६ गरी जम्मा १७४ जना सम्मिलित रहेका छन् ।

उक्त विदाई समारोहमा शाही नेपाली सेनाका अधिकृतहरु तथा शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
18 June 2005